गृहपृष्ठ कांग्रेसबाट उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने,स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन
कांग्रेसबाट उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने,स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन
नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले आज समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित)बमोजिम महामन्त्री शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् । स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।
प्रकाशित समय : २०:१३ बजे