गृहपृष्ठ मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन– इरान

मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन– इरान

मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन– इरान

इरानले बुधबार गत हप्ता त्यस्ता सुविधाहरूलाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणहरूपछि पनि आफ्नो मिसाइल उत्पादन अक्षुण्ण रहेको बताएको छ ।

“मिसाइल जस्ता आक्रामक प्रणालीहरूको उत्पादन प्रक्रियामा कुनै अवरोध आएको छैन”, रक्षामन्त्री अजिज नसिरजादेहले पत्रकारहरूलाई भने, “शत्रुले हाम्रा रक्षात्मक र आक्रामक दुवै प्रणालीलाई क्षति पु-याउने प्रयास ग-यो ।”इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्ड्सका कमान्डरको हत्यापछि अक्टोबर १ मा भएको तेहरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले शनिबार इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणहरूले इरानको रक्षा क्षमता र मिसाइल उत्पादनमा प्रहार गरेको बताए ।इरानका सशस्त्र बलहरूले आक्रमणमा चार सैनिकको मृत्यु भएको र केही राडार प्रणालीहरूमा ‘सीमित क्षति’ पुगेको बताए । इरानी सञ्चार माध्यमले एक सर्वसाधारणको पनि मृत्यु भएको बताएका छन् ।

इजरायलले इरानलाई प्रतिकार नगर्न चेतावनी दिएको छ । तेहरानले भने युद्ध नचाहको भन्दै ‘उपयुक्त जवाफ’ दिने प्रतिबद्धता जनाएको छ ।एजेन्सि

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु