global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपालसँग हङकङ सिक्सेस खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा

नेपालसँग हङकङ सिक्सेस खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा

नेपालसँग हङकङ सिक्सेस खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा

१९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ ।

हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड एकै समूहमा छन् । प्रतियोगितामा नेपालको दोस्रो खेलमा अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।

इङ्ग्ल्याण्डको टोली

रवि भोपारा (कप्तान), एलेक्स डेभिल्स, इडि बर्नाड, इथान ब्रुक्स, जोर्डन थम्पसन र स्मिथ पटेल

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु