global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

मुद्दा जिताई दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं-निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिई नगद १ करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ ।

 

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु