गृहपृष्ठ लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

लहान नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु