गृहपृष्ठ ‘पर्यटनमा लगानीको वातावरण तयार’
‘पर्यटनमा लगानीको वातावरण तयार’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनका क्षेत्रमा लगानीको वातावरण तयार गरिरहेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घको वार्षिक साधारणसभाको दोस्रो दिन आज आयोजित ‘ग्लोबल कन्क्लेभ’ मा बोल्दै उनले भने, “पर्यटन क्षेत्रमा लगानीको वातावरण हामी बनाइदिन्छौँ । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौँ । त्यसमा तपाईँहरुले सहयोग गर्नुहोस् ।”
मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारिएको र संसदको आगामी अधिवेशनबाट ऐनहरु आउने विश्वास व्यक्त गरे।
सो अवसरमा नेपालका भाषा, संस्कृतिलाई विदेशमा प्रवर्द्धन गर्दै आएकी म्यानमार निवासी ८१ वर्षीया भारती लिम्बुनीलाई मन्त्री पाण्डेले सम्मान गरेकी थिए ।
प्रकाशित समय : २०:०६ बजे