गृहपृष्ठ स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

युगकवि सिद्धिचरणका कालजयी रचनाहरुको समिक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा आएको छ । साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्धारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो ।

पुस्तकमाथी युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् । डा निरौलाले पुस्तकमाथी टिप्पणी गर्दै भन्नु भएको छ ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’

त्यसैगरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको बताएका छन् । लेखक शाक्यले दुइ बर्षको तयारी पछि पुस्तक बजारमा आएको बताएका छन् ।

६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरुलाई समिक्षा मार्फत थप पठनीय बनाएका हुन ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु