गृहपृष्ठ विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस
विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टर खरिदका लागि सिफारिस गरेको छ।
बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्धारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकाल्दै भोलि बस्ने राष्ट्रिय परिषद्को बैठकलाई सिफारिस गरेको हो।
प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ। प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ।
प्रकाशित समय : १९:२४ बजे





















