global ime bank Long Banner Ad

गृहपृष्ठ यस वर्ष अनियमित इयु सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

यस वर्ष अनियमित इयु सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

यस वर्ष अनियमित इयु सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

सन् २०२४ को पहिलो नौ महिनामा पत्ता लागेको अनियमित युरोपेली सङ्घ ९इयु० प्रवेशमा गत वर्षको समान अवधिको तुलनामा ४२ प्रतिशतले कमी आएको छ ।

इयुको सीमा एजेन्सी फ्रन्टेक्सले यो साताको अन्त्यमा ब्रसेल्समा हुने इयुका नेताहरूको शिखर सम्मेलनअघि आफ्नो पछिल्लो आँकडा सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा आप्रवासन उच्च प्राथमिकतामा रहेका विषयमध्ये एक हो ।

“यस वर्षको पहिलो नौ महिनामा इयुमा पत्ता लागेका प्रवेशहरू ४२ प्रतिशतले घटेर एक लाख ६६ हजारमा झरेको छ”, फ्रन्टेक्सले भनेको छ । पश्चिमी बाल्कन र मध्य भूमध्यसागरीय मार्गहरूमा सबैभन्दा ठूलो गिरावट आएको छ ।

सत्ताइस सदस्यीय इयुमा पश्चिमी बाल्कल मार्ग हुँदै करिब १७ हजार सम्भावित शरणार्थी प्रवेश गरेका छन् । यो ७९ प्रतिशतले कमी हो । मध्य भूमध्यसागरीय मार्ग हुँदै ४७ हजार सात सयले प्रवेश गरेका छन र यो पनि ६४ प्रतिशतको गिरावट हो ।

यसको विपरित पश्चिमी अफ्रिका हुँदै प्रवेश गर्नेको सङ्ख्या दोब्बर भएको फ्रन्टेक्सले जनाएको छ । यो यस  वर्षको पहिलो नौ महिनामा ३० हजार छ सयभन्दा बढी पुगेको छ ।

सबैभन्दा ठूलो वृद्धि पोल्यान्डसहित इयुको पूर्वी भूमि सीमाहरूमा दर्ता गरिएको छ । यो मार्गबाट करिब १३ हजार दुई सय प्रवेश पत्ता लगाइएको छ । यो सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको तुलनामा एक सय ९२ प्रतिशतले बढी हो ।

पोल्यान्ड र यसको मध्य युरोपेली छिमेकी चेक गणतन्त्रले गत साता इयुको नयाँ आप्रवासन तथा शरण सम्झौतामा भएकाभन्दा कडा प्रतिबन्धहरूको आह्वान गरेका थिए । उक्त सम्झौता सन् २०२६ मा लागु हुने अपेक्षा गरिएको छ ।

मे महिनामा अपनाइएको नियमहरूले इयुका २७ मुलुकमा शरणार्थीहरूलाई आश्रय दिने जिम्मेबारी बाँड्ने र बस्न अयोग्य ठानिएकाहरूको निर्वासनलाई तीव्रता दिने लक्ष्य राखेको छन् ।

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु