काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निज्जर हत्या अनुसन्धानमा भारतले सहयोग नगरेको जस्टिन ट्रुडोको दाबी

2.77K
shares

भारतले ६ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका छन् ।

ट्रुडोले राजधानी ओटावामा आयोजित पत्रकार सम्मेलनमा क्यानडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीहरूलाई आपराधिक गतिविधिको प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको दाबी गरेका हुन्।

ट्रुडोले भने, ‘भारतीय सरकारी एजेन्टहरूले सार्वजनिक सुरक्षालाई खतरामा पार्ने भूमिका खेलेको प्रमाण छ। यो अस्वीकार्य छ।’

 

उनले भने, ‘क्यानडा–भारतबीच जनता–जनताको सम्बन्ध, व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले अहिले भइरहेको कुरा सहन सक्दैनौं। क्यानडाले भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई पूर्ण रूपमा सम्मान गर्छ। हामी भारत सरकारले क्यानडाको लागि पनि त्यस्तै गर्ने अपेक्षा गर्दछौं।’

क्यानडाको भूमिमा हरदीप सिंह निज्जरको हत्यामा भारतको सम्भावित संलग्नताबारे गुप्तचर निकायले आशंका व्यक्त गरेपछि यस विषयमा भारत सरकारसँग सहयोगका लागि अपिल गरिएको ट्रुडोले बताए। बीबीसी