Global IME

गृहपृष्ठ बेल्जियमको स्थानीय सरकारमा नेपाली उम्मेदवार विजयी

बेल्जियमको स्थानीय सरकारमा नेपाली उम्मेदवार विजयी

बेल्जियमको स्थानीय सरकारमा नेपाली उम्मेदवार विजयी

बेल्जियममा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपालीमूलका दुई उम्मेदवारले जीत हासिल गरेका छन् । बेल्जियमको राजनीतिमा नेपाली उम्मेदवारले इतिहास रच्दै विजयी भएका हुन् ।

नेपाली नागरिक बसोबास गर्न थालेको तीन दशकयता पहिलो पटक प्रत्यक्ष निर्वाचनमा नेपाली उम्मेदवारले जीत हासिल गरेका हुन् ।

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको स्थानीय निकायको निर्वाचनअन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमिल्सिना तता लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन् ।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा कुल ११ जना नेपाली उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ तथा ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । ब्रुगे नगरपालिकाको सदस्यमा निर्वाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी छिन् । उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्वाचित भएकी हुन् ।

कास्कीमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्वाचित २५ वर्षीया प्रज्ञाले निर्वाचचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छिन् । आफ्ना बुवाको प्रेरणाबाट आफूलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनको भनाइ छ ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु