Global IME

गृहपृष्ठ दिव्या र करण आमने सामने !

दिव्या र करण आमने सामने !

दिव्या र करण आमने सामने !

बलिवुडका चर्चित फिल्म निर्माता-निर्देशक करण जोहर र टी-सिरिजका मालिक भूषण कुमारकी पत्नी एवम अभिनेत्री दिव्या खोसला कुमार आमने सामने भएका छन् ।

करण र दिव्याबीच अहिले भएको विवाद आलिया भट्ट स्टारर फिल्म जिग्रा रिलिज भएदेखि शुरु भएको हो । वास्तवमा, दिव्याले करण जोहरले आफ्नो फिल्म सावीको नक्कल गरेर जिग्रा बनाएको आरोप लगाएकी छिन् । स्क्रिप्ट चोरेको आरोप लगाउदै दिव्याले जिग्रा रिलिज भएका थिएटरको तस्विर शेयर गर्दै दर्शक नभएको उल्लेख गरेकी थिइन् । उनले जिग्राको अहिलेको कलेक्सन नक्कली भएको समेत बताएकी छन् । यसपछि करण जोहरले एक पोस्ट सेयर गर्दै दिव्याको नाम नलिइकन उनलाई मूर्ख भनेका थिए ।

दिव्याले शनिबार पोस्टमा लेखेकी थिइन्, ‘जिग्रा हेर्न सिटी मलको पीभीआरमा गए, थिएटर पूरै खाली थियो । वास्तवमा, जताततै सबै थिएटरहरू खाली हुँदैछन् । आलिया भट्टसँग साँच्चै धेरै हिम्मत छ, उनले आफैं टिकट किनेर नक्कली सङ्कलन गरेको घोषणा गरिन् । मलाई अचम्म लाग्छ सशुल्क मिडिया किन मौन रु जनतालाई मुर्ख बनाउनु हुदैन । असत्यमाथि सत्य ।

यसको जवाफमा करण जोहरले नाम नलिई लेखेका छन्, ‘चुप बस्नु नै मुर्खका लागि उत्तम जवाफ हो । करणको पोस्ट बाहिर आएपछि दिव्या खोसलाले जवाफमा लेखिन्, ‘सत्यले सधैं त्यसको विरुद्धमा उभिएका मूर्खहरूलाई उक्साउँछ । अर्को पोष्टमा उनले लेखेकी छन्, ‘जब तिमीले निर्लज्ज ढंगले अरूको चीज दाबी गरेर चोर्छौ, तब चुपचाप बसेर आफूलाई बचाउनु पर्छ । तपाईंसँग कुनै आवाज छैन र मेरुदण्ड छैन ।

दिव्या खोस्ला कुमारको फिल्म सावी ३१ मे २०२४ मा रिलिज भएको थियो । यो फिल्म आफ्नो भाइलाई बचाउन खोज्ने बहिनीको कथा थियो । हालै ११ अक्टोबरमा आलिया भट्ट र वेदांग रैना स्टारर फिल्म जिगरा रिलिज भएको थियो, जसको कथा सविसँग एकदम मेल खान्छ ।

जिग्राको ट्रेलर सार्वजनिक भएदेखि नै दिव्याको टोलीले जिग्रा निर्मातालाई सविको कथा चोरेको आरोप लगाउँदै आएकी छन् ।

दिव्याले आलियाले आफ्नो फिल्मको स्क्रिप्ट चोरेको र निर्देशक वासन बालासँग मिलेर यसलाई परिवर्तन गरेर ‘जिग्रा’ नामबाट रिलिज गरेको आरोप लगाएकी छिन् । शुक्रबार रिलिज भएको जिग्राले दुई दिनमा करिब १२ करोड कमाई गरेको आँकडा बाहिर आएको छ ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु