गृहपृष्ठ काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो
काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो
बडादसैँ अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ ।
उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो । मान्यजनहरुको हातबाट टीका ग्रहण गर्न जानेहरुको पनि चोक चोकमा चहलपहल देखिन्छ ।
दशैँमा सुनसान जस्तै देखिने सडकहरुमा सवारी साधनको सङ्ख्या पनि बढ्न थालेको छ । विशेषगरि उपत्यकाका सडकहरूमा आइतबार नीजि चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा सार्वजनिक सवारी साधानको संख्या भने न्यून देखिएको छ ।
जसका कारण सार्वजनिक सवारी प्रयोग गरि आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।
प्रकाशित समय : १८:२४ बजे




















