global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो

बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो

बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो

पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेको छ ।

बोर्डले सार्बजनिक गरेको दोस्रो टेस्ट खेल्ने खेलाडीको सूचीबाट बाबरसहित नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई बाहिर राखेको हो । त्यस्तै अब्रार अहमद भने डेंगु भएका कारण छनौटका लागि उपलब्ध नभएको बोर्डले जनाएको छ ।

त्यस्तै यी खेलाडीको ठाउमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् भने मोहमद अली र अफ स्पिनर सजिद खानलाई टिममा सामेल गरिएको छ ।

इङल्याण्डविरुद्ध खेल्ने पाकिस्तानको टिमस् शान मसूद(कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।

पाकिस्तान क्रिकेट बोर्डले हालै बनाएको नयाँ छनौट समितिले बाबरसहितका खेलाडीलाई बाहिर राख्ने निर्णय गरेको हो ।

बाबरले कप्तान पुनस् नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।

इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु