गृहपृष्ठ मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट
मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट
नेपाल खो खो सङ्घले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष तथा महिला टोलीको घोषणा गरेको छ ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो सङ्घले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो सङ्घले जनाएको छ । पुरुष र महिलातर्फ समान १५–१५ खेलाडी छनोट गरिएको खो खो सङ्घका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए।
छनोट भएका पुरुष खेलाडीमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार वर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन वल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहेका छन् ।
वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोदराय दनुवार, धर्मराज कुश्वाह, मुकेश गोडार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।
यस्तै महिलातर्फ सरस्वती कठायत, मानमति धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, दिपा विक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छनोट भएका छन् ।
प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक खेलाडीको सूचीमा छन् ।
मैत्रीपूर्ण प्रतियोगिता यहि असोज २१ र २२ गते हुनेछ । प्रतियोगितामा भारतको पनि राष्ट्रिय टोलीको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी दिए
प्रकाशित समय : २१:४३ बजे