global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ ।

सदरमुकाम फुङ्लिङमा आज कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको सन्देशबारे स्वयम् लेखक हेल्लोकले प्रस्ट्याएका थिए।

समीक्षक ताप्लेजुङका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टङ्कबहादुर भट्टराईले नाटक विधा पुस्तकसँगै मञ्चन गरेमा नाटकले दिन खोजेको विषय वा सन्देश थप प्रष्ट हुने बताए।

नाटक वा कुनै पनि विधामा कलम चलाउनु र पुस्तक प्रकाशन गर्नु सजिलो नभएको बताउँदै स्तरीय कृति लेखनतर्फ लेखकले ध्यान दिनुपर्ने उनले बताए।

विमर्श कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई (अकिञ्चन) र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमले पनि पुस्तकमाथि चर्चा गरेका थिए ।

साहित्यकार हेल्लोकले जनयुद्धबाहेक तराई पहाड लिम्बुवान र सङ्घीय सहअस्तित्व नामक नाटक विधाका पुस्तक लेखन तथा प्रकाशन गरेका छन् ।

यस्तै सुन्दर समाजका सपनाहरु, चेलीका सुस्केराहरु, सुम्निमाको कारुणिक कथा नामक लघु उपन्यास खेलेका छन् । हेल्लोकका अन्य कथा, खण्डकाव्य, कविता लगायतका विधा गरी एक दर्जनको सङ्ख्यामा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु