global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज

तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज

तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज

भारतको सर्वोच्च अदालतले तिरुपति मन्दिरमा प्रसाद लड्डू बारेको विवादमा आन्ध्र प्रदेश सरकारले गठित एसआईटीलाई खारेज गरेको छ ।

सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो ।

अदालतले भनेको छ-

राज्य सरकारले सीबीआई निर्देशक र आन्ध्र प्रदेश पुलिसका दुई सदस्यहरू चयन गर्नेछ । अनुसन्धान सीबीआई निर्देशकले अनुगमन गर्नेछन् ।

मन्दिरको प्रसाद तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिएको विषय बाहिर आएपछि यो विषय अदालत पुगेको थियो ।

यसअघि ३० सेप्टेम्बरमा सुनुवाइका क्रममा सर्वोच्च अदालतले ‘राजनीति र धर्मलाई मिसाउन नहुने’ भनेको थियो । सर्वोच्च अदालतले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई यो विषय मिडियामा पुर्‍याएको भन्दै सचेत गराएको थियो ।

 

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु