गृहपृष्ठ नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने, त्रिपक्षीय सम्झौता सम्पन्न
नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने, त्रिपक्षीय सम्झौता सम्पन्न

नेपालले बंगलादेशलार्ई ४० मेगावाट विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
आज राजधानीमा बिशेष कार्यक्रम गरी नेपाल, भारत र बंगलादेशले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुर्याउने भएकाले भारतीय पक्षलाई समेत समावेश गरेर सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी) का चेयरमेन मोहमद रेजुअल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का सीईओ रेनु नारङले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : १७:२२ बजे