global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ । आज भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाईे ३-० सोझो सेटमा पराजित गरेको हो । आजको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५-२२ अङ्कले पराजित गर्‍यो । दोस्रो सेट पनि २५-२२ अङ्कले नै जित्यो । खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९–२७ अङ्कले हरायो ।

कर्णालीले यसअघि मधेस युनाइटेडलाई ३-१ र गण्डकी थन्डर्सलाई ३-२ सेटले पराजित गरेको थियो । जितसँगै कर्णालीले आठ अङ्क जोडेको छ । तीन खेल खेलेको ललितपुरको ६ अङ्क छ । प्रतियोगितामा ललितपुर पहिलो पटक पराजित भएको हो । ललितपुरले यसअघि काठमाडौँ स्पाइकर्स र मधेसलाई समान ३-१ सेटले हराएको थियो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु