global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको अर्थतन्त्र क्रमिक सुधार हुँदै, आर्थिक वृद्धिदर ५.१ % पुग्ने प्रक्षेपण

नेपालको अर्थतन्त्र क्रमिक सुधार हुँदै, आर्थिक वृद्धिदर ५.१ % पुग्ने प्रक्षेपण

नेपालको अर्थतन्त्र क्रमिक सुधार हुँदै, आर्थिक वृद्धिदर ५.१ % पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिमा सुधारको अपेक्षा गरिएको छ। चालु आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष (सन् २०२४)को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस्तो वृद्धिदरको अनुमान गरेको हो। प्रतिवेदनअनुसार उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गरेकोले उक्त प्रक्षेपण पूरा हुने उल्लेख छ।

विश्व बैंकको अर्धवार्षिक रुपमा प्रकाशित हुने नेपाल डेभलपमेन्ट अपडेटले दीर्घकालीन र विश्वव्यापी दृष्टिकोणसँग सान्दर्भिक गराउँदै पछिल्ला वर्षका आर्थिक विकास सम्बन्धी विश्लेषण गर्दै आएको छ। अझ आगामी आर्थिक वर्ष (सन् २०२६)मा नेपालको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

 

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु