global ime bank Long Banner Ad

गृहपृष्ठ होटल सङ्घद्वारा राहत कोष स्थापना

होटल सङ्घद्वारा राहत कोष स्थापना

होटल सङ्घद्वारा राहत कोष स्थापना

होटल सङ्घ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।

देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल सङ्घले राहत कोष स्थान गरेको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

‘होटल सङ्घले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बाढीपहिरोबाट धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै सङ्घले मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु