गृहपृष्ठ एभरेस्ट इन्जिनियरिङमा एमई कार्यक्रम सुरु

एभरेस्ट इन्जिनियरिङमा एमई कार्यक्रम सुरु

एभरेस्ट इन्जिनियरिङमा एमई कार्यक्रम सुरु

एभरेस्ट इन्जिनियरिङ कलेज (इइसी) सानेपा ललितपुरमा यो वर्षदेखि एमई (माष्टर्स इन इन्जिनियरिङ) कार्यक्रम सुरु गर्ने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्नातकोतर तहमा माष्टर्स अफ कम्युटर इन्जिनियरिङको पढाई सुरु गर्न लागेको जनाएको हो । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाहीले एमई कार्यक्रमको एक समारोहवीच उदघाटन गरे ।

कार्यक्रममा बताइए अनुसार कोर्स दुई वर्ष (चार समेष्टर)को हुनेछ । २४ वर्षदेखि इन्जिनियरिङको पढाई गरिरहेको कलेजले पहिलो पटक यो वर्षदेखि एमई कार्यक्रम सुरु गर्न लागेको कार्यक्रममा बताइयो ।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले समग्र देशको आइटी क्षेत्रलाई अगाडि वढाउन कोर्स सुरु गर्न लागेको जनाए । यसले देशलाई चाहिने विद्यार्थी स्वदेशबाट उत्पादन हुने विश्वास उनले गरे । कोही विद्यार्थी पढ्न चाहन्छ भने आर्थिक अभाबबाट पढन नपाउने वातावरण नहुने वचन उनले दिए । श्रृण अथवा के गर्न सकिन्छ वन्दोवस्त गरी पढन चाहने विद्यार्थीलाई पढने वातावरण वनाइदिने उनले वचन दिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल इन्जिनियर विरोध रिजालले प्रत्येक वर्ष देशभरका इन्जिनियरिङ कलेजहरुबाट दस हजार इन्जिनियरहरु उत्पादन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उत्कृष्ट (टप लेभल)का विद्यार्थी उत्पादन गर्नुपर्नमा जोड दिए । भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले अनुसन्धान केन्द्रित, राष्टिय अन्तर्राष्टिय क्षेत्रमा विक्ने आइटीका विद्यार्थीको उत्पादनमा जोड दिए । कार्यक्रममा कलेजका एमई कार्यक्रम संयोजक प्राडा श्याम किरात राईले एमई कार्यक्रमकाबारेमा जानकारी गराएका थिए ।

कार्यक्रम दुई चरणमा भएको थियो । दोश्रो चरणमा एकेडेमिक इनोभेसन इन इन्डष्टी विषयमा सेमिनार भएको थियो । सेमिनारमा प्राडा सुवर्ण शाक्य र इन्जिनियर संगीता शर्माले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको क्रममा अन्तरक्रियासमेत भएको थियो । कार्यक्रममा अतिथि तथा कि नोट स्पिकरहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु