गृहपृष्ठ रियलमीको “बडा दशैं,तिहारकोबडा अफर” शुरु
रियलमीको “बडा दशैं,तिहारकोबडा अफर” शुरु
सर्वाधिकविश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दशैं, तिहारको बडा अफर”योजनाशुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभअवसर पारेर आफ्नाग्राहकहरुको लागि यस योजनाल्याइएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले मेगाउपहार स्वरुपएमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेकहप्ता २ जनाभाग्यशाली विजेताले रियलमीसि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्ट वाच, बोल्ट इयरबड्स र सफारी ब्याक प्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
योजनाको बारेमा बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भने, “सर्वप्रथम त नेपालीहरुको महान चाड विजयादशमी एवम दीपावली २०८१ को शुभअवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामी प्रविधिको माध्यमबाट मानिसहरुलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्घ छौँ ।
चाडपर्व भनेको आफ्नान जिकका आफन्त, साथीभाइहरुसँग रमाइलो गर्ने अवसर हो । यसै अवसर पारेर हामीले यस “बडा दशैं, तिहारको बडा अफर” योजना ल्याएका छौँ । हामीलाई आशा छ यो अफरले हाम्रा नेपाली ग्राहकहरुको चाडपर्वको रौनकलाई अझै बढाउनेछ ।
रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेकाग्राहकहरु यस अफरमा यस योजनामा सहभागी हुनसक्नेछन् । यस योजनामा सहभागी हुनको लागिग्राहकहरुले केवल www.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफुले खरिद गरेको स्मार्टफोनको IMEI नम्बर, आफ्नो पूरा नाम र मोबाइलनम्बर दर्ता गर्नु पर्ने हुन्छ । “बडा दशैं,तिहारको बडा अफर” असोज १५ देखि कार्तिक २२ सम्म लागु हुनेछ ।
प्रकाशित समय : १०:२१ बजे