काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इको प्यानल उद्योगले उत्पादन थाल्यो

3.23K
shares

नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ । निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ ।

नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो ।

साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पु¥याउन सकिन्छ । यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ ।

इन्जिनियर दुवालले भने, “हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।“

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।नल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ ।

नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो ।