गृहपृष्ठ एडिबीको लघुवित्त कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड र छिमेक लघुवित्त सहकार्य गर्दै

एडिबीको लघुवित्त कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड र छिमेक लघुवित्त सहकार्य गर्दै

एडिबीको लघुवित्त कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड र छिमेक लघुवित्त सहकार्य गर्दै

एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम सञ्चालनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्थाबीच सहकार्य हुने भएको छ।

एसियाली विकास बैंकबाट प्राप्त हुने यो ऋणबाट सञ्चालन हुने यो कार्यक्रममा सहकार्यका लागि दुई पक्षबीच सोमबार सम्झौता भएको हो।

एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम वित्तीय पहुँच वृद्धिमा केन्द्रीत कार्यक्रम हो। नेपालमा यस किसिमको साझेदारी पहिलो भएको बैंकले उल्लेख गरेको छ।

यो ऋणको जोखिम बहनमा एसियाली विकास बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकबीच सहकार्य भएको छ।

 

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु