गृहपृष्ठ जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै

जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै

जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै

जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पुर्व सन्ध्यामा राजीनामा दिएका हुन् ।

किशिदा २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए ।

सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने भएको छ् ।

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरुले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।

 

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु