गृहपृष्ठ दाउन्नेको अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

दाउन्नेको अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

दाउन्नेको अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ ।

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अविरल वर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

गएरातिदेखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु