गृहपृष्ठ तरलताको छताछुल्ल स्थिति कम हुँदै, ब्याजदर बढ्ने पक्का

तरलताको छताछुल्ल स्थिति कम हुँदै, ब्याजदर बढ्ने पक्का

तरलताको छताछुल्ल स्थिति कम हुँदै, ब्याजदर बढ्ने पक्का

बैंकिङ क्षेत्रमा अत्यधिक मात्रामा रहेको तरतला कम हुन थालेको छ । १ वर्षदेखि अधिक मात्रामा रहेको तरलता अहिले कम हुन थालेको हो ।

नेपाल राष्ट्र बैंकले तरलताको मात्रा हेरी आवश्यक मात्रामा प्रशोचन तथा प्रवाह गर्न खुला बजार कारोबार गर्ने गर्छ । जसअनुसार अधिक तरलता खिच्न स्थायी निक्षेप सुविधा र नियमित निक्षेप संकलन गर्ने गर्छ । तर, पछिल्लो समय यस्तो प्रक्रियामा बैंकहरुको सहभागिता घटेको कारण बजारमा अधिक तरलता कम हुँदै भएको देख्न सकिन्छ ।

असोजमा राष्ट्र बैंकले परिस्थिति हेरि ३ पल्ट नियमित निक्षेप संकलन गर्ने गरी बोलकबोल आह्वान गरेको छ । कुल ७५ अर्ब रुपैयाँ निक्षेप संकलनका निमित्त आह्वान गरेको भए पनि बैंकहरुले ४० अर्ब १० करोड रुपैयाँ बराबर राख्ने इच्छा व्यक्त गरे । र राष्ट्र बैंकले पनि उनीहरुले कबोल बराबर नै निक्षेप संकलन गरी तरलता खिच्यो ।

त्यसअछि भदौ ३१ गते पनि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न कबोल माग गरेकामा २७ अर्ब १५ करोडको मात्र कबोल परेको थियो ।

राष्ट्र बैंकले आह्वान गरेको आधा पनि आवेदन नपर्नुले अधिक तरलताको मात्रा घटेको बुझिन्छ ।

नियमित निक्षेप संकलन मात्र होइन,अन्तर बैंक ब्याजदरलाई ३ प्रतिशत भन्दा तल जान नदिन राष्ट्र बैंकले प्रदान गर्ने गरेको स्थायी निक्षेप सुविधा लिने क्रम पनि ह्वात्तै घटेको छ । भदौसम्म बैंकहरुले हरेक दिन डेढ खर्ब रुपैयाँभन्दा बढीको स्थायी निक्षेप सुविधा लिने गर्थे । तर असोज लागेपछि दैनिक ४० अर्बभन्दा कममा झरेको छ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु