गृहपृष्ठ भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
बाढी पहिरो पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले घोषणा गरे ।
पछिल्लो अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित हुन पगे । यस्तो अवस्थामा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको हो ।
भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २१७ जनाको मृत्यु र २८ जना बेपत्तो भएको सरकारी तथ्यांकमा छ ।
अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।
प्रकाशित समय : ०७:५७ बजे