गृहपृष्ठ रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी

रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी

रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी Russian President Vladimir Putin speaks during his annual press conference in Moscow, Russia December 14, 2023. Alexander Zemlianichenko/Pool via REUTERS

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका छन् ।

सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत् पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताएका हुन। सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रूसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ ।

सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रूसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउदै यसले नाजीवादीहरूलाई रूसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख ग्रेका हुन ।

पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रूस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताए।

“अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धीका लागि लडिरहेका छौँ,”पुटिनले भने।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु