गृहपृष्ठ कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

चितवन, भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजको तर्फबाट निर्देशक डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कलेजमा प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत छुट पाउने भएकाछन् । सिओएमएसमा उपचार गर्दा औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०प्रतिशत सम्म को छुट पाउने छन् । यो सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । यस्तै प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि।को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु