गृहपृष्ठ ललितपुरमा विपद् प्रभावित तीन बिरामीको सेनाको हेलिकप्टरबाट उद्धार

ललितपुरमा विपद् प्रभावित तीन बिरामीको सेनाको हेलिकप्टरबाट उद्धार

ललितपुरमा विपद् प्रभावित तीन बिरामीको सेनाको हेलिकप्टरबाट उद्धार

ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका-७ देविचौरका ठूली रुम्बा र सञ्जु रुम्बाको उद्धार गरिएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँले जानकारी दिए ।

विपद्का घटना घटेको करिब ४० घण्टापछि जिल्लाको दक्षिणी भेगमा रहेको गाउँपालिकामा हेलिकप्टर लगेर घाइते बिरामीको उद्धार गरिएको हो । यसअघि आजै बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा तत्कालै बिरामीको उद्धारका लागि हेलिकप्टर पठाउन माग गरिएको थियो ।

यहाँ तीन वटा स्थानीय तहहरूमा सडक, विद्युत् र सञ्चार प्रणालीमा क्षति हुँदा समस्या भएको छ । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयवासीले धनजन र मानवीय क्षति बेहोर्नु परे पनि राहत र उद्धारका लागि सञ्चार समन्वयसमेत हुन कठिन भइरहेको समन्वय प्रमुख फुयाँले जानकारी दिए ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु