गृहपृष्ठ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान संख्या थप्ने, क्यानले दियो अनुमति

वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान संख्या थप्ने, क्यानले दियो अनुमति

वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान संख्या थप्ने, क्यानले दियो अनुमति CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बाढी पहिरोले काठमाडौं आउजाउ गर्ने सबै सडक अवरुद्ध भएपछि यात्रुको चाप बढ्ने निष्कर्षमा आन्तरिकतर्फ उडान संख्या बढाइने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार अपराह्‍न निजी वायुसेवा प्रदायक कम्पनीका सञ्चालकहरुलाई बोलाएर उडान संख्या बढाउन दिने निर्णय सुनाएको छ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यात्रुहरलाई गनतव्यमा पुग्न सहज होस् भनेर उडान थप्न दिने निर्णय गरेको बताए।

‘अहिले बाढी पहिरोका कारण सडक अवरुद्ध छन्। यो समयमा आउजाउ गर्न यात्रुसँग उडानको विकल्प छैन। त्यसैले हामीले वायुसेवा कम्पनीलाई यात्रुको माग अनुसार उडान संख्या विस्तार गर्न स्वीकृति दिएका छौं,’ भुलले भने, ‘उडान थपिएपछि यात्रुलाई गन्तव्यमा पुग्न सहज हुने विश्वास छ।’

क्यानको स्वीकृतिविना वायुसेवा प्रदायक कम्पनीले उडान थप गर्न पाउँदैनन्। क्यानले आइतबार मात्र रामेछाप-काठमाडौंतर्फ तीनवटा वायुसेवा कम्पनी तारा, समिट र सीता एयरलाइन्सलाई ५-५ वटाको दरले १५ वटा उडान गर्न अनुमति दिएको थियो।

त्रिभुवन विमानस्थलमा अहिले आन्तरिकतर्फ २७५ वटासम्म उडान हुने गरेकामा वायुसेवा प्रदायक कम्पनीहरुले अब आफ्नो क्षमता अनुसार बढाउन पाउनेछन्। कम्पनीहरुले यात्रु पाएको अवस्थामा उडान बढाउन पाउनेछन्। तर, भाडा भने बढाउन पाउने छैनन्। विपद्को बेला अधिकतम भाडाको टिकट बिह्री नगर्ने सहमति भएको छ,’ भुलले भने।

 

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु