गृहपृष्ठ लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय नौ जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढी तथा पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको हो ।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीनवटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आमसर्वसाधारण नागरिकमा आह्वान ग्रेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिकबीचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकालाई राहत, पुनःस्थापनाको काम पनि अघि बढाएका छन् ।
बाढी, पहिरोबाट प्रभावितलाई सुरक्षित स्थानमा सारिएको र पुनःस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीय सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।
प्रकाशित समय : १६:२८ बजे