गृहपृष्ठ चितवन शक्तिबाट खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे
चितवन शक्तिबाट खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे
चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्यूभिएल)खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।
चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् ।
तीनै जना विदेशी खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेको चितवन शक्तिले जनाएको छ ।
चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सुर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् । असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य वुमन्स भलिबल लिगको खेलको टिकट तपाईले खल्ती डिजिटल एपबाट लिन सकिनेछ ।
चितवन शक्तिले प्रतियोगिताको लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको र प्रतियोगिताको लागि तयार रहेको छ ।
चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५मा दशरथ रंगशालामा हुनेछ ।
प्रकाशित समय : १४:३४ बजे