गृहपृष्ठ ममताको जस्तै महालक्ष्मीको हत्याः ५९ टुक्रा-१८ दिन फ्रिजमा, हत्याराका भाईको बयानमा के खुल्यो ?

ममताको जस्तै महालक्ष्मीको हत्याः ५९ टुक्रा-१८ दिन फ्रिजमा, हत्याराका भाईको बयानमा के खुल्यो ?

ममताको जस्तै महालक्ष्मीको हत्याः ५९ टुक्रा-१८ दिन फ्रिजमा, हत्याराका भाईको बयानमा के खुल्यो ?

महालक्ष्मी हत्या काण्ड : सुन्दै भयवित हुने गरी विभत्स तरिकाले महिलाको हत्या गरेर ५९ टुक्रा पारी फ्रिजमा शव लुकाएका ‘मुक्ति रञ्जन रे’को बारेमा केही नयाँ तथ्यहरु सार्वजनिक भएका छन् । भारतको बेंगलोरमा नेपाली चेली महालक्ष्मी दासको क्रुरतापूर्वक हत्या गरेर टुक्रा–टुक्रा पारी शव फ्रिजमा हालेका मुक्तीले पहिला महालक्ष्मीलाई झुण्डाउने कोशिस गरेको र नसकेपछि हत्या गरेर टुक्र्याएको खुलेको छ । उनले ३ महिनापछि टुक्रा पारेर राखेको शव फाल्ने तयारी गरेको मुक्तिका भाई सत्यले ‘टाइम्स अफ इन्डिया’सँग बताएका छन् ।

महालक्ष्मीको शव यही सेप्टेम्बर २१ का दिन बैंगलोरको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइपलाइन रोडस्थित उनी बस्ने तीनतले भवनभित्रको कोठामा टुक्रा–टुक्रा अवस्थामा भेटिएको थियो । सत्यले घटनाको विषयमा दाईले आफुलाई सबै बताएको भनेका छन् । भारतीय पत्रिकासँगको कुराकानीमा उनले दाईले महालक्ष्मीको हत्या किन गरे भन्ने विषय पनि खुलाएका छन् । सत्यका अनुसार महालक्ष्मी उनका दाई मुक्तिसँग विवाह गर्न चाहन्थिन् । तर बैंगलोरको एउटै पसलमा काम गर्ने उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो ।

सत्यले पत्रिकासँग भनेका छन्, ‘दाइ (मुक्ति)ले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन् । उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन् । हालै उनीहरू दुवै केरला गएका थिए । जहाँ उनीहरूबीच झगडा भएको थियो । त्यसपछि महिलाले प्रहरीसँग आफुलाई मुक्तिले अपहरण गरेको बताइन् । अनि प्रहरीले दाइलाई कुटपिट ग¥यो र पछि छाडिदियो ।’ मुक्तिसँग सम्बन्धमा रहेकी महालक्ष्मीले प्रहरी लगाएर उल्टै कुटाएपछि ‘इगो हर्ट’ भएका मुक्तिले बदला स्वरुप महालक्ष्मीलाई मार्ने योजना बनाएका थिए । आफ्नो योजना मुताविक मुक्तिले महालक्ष्मीलाई मारेर उनकै घरमा हत्या गरी शव झुण्ड्याएर आफै मरेको देखाउन पनि खोजेका थिए । तर जब उनको योजना असफल भयो, त्यसपछि बधशालामा मासु टुत्र्mयाएजस्तो शवलाई टुक्रा–टुक्रा पारे र फ्रिजमा हाली बन्द गरिदिए ।

अमेरिकामा ममता काफ्लेलाई उनकै पति नरेश भट्टले १० टुक्रा पारी फोहोरसँगै डिस्पोज गराएको कुरा बाहिर आएको छ । तथापी अदालती प्रक्रियामा रहेको यो विषय पुष्टि भइरसकेको छैन । तर यी दुवै घटनाहरुलाई हेर्दा अपराधको शैली एकै किसिमको देखिन्छ । आफैले माया गरेका व्यक्तिहरुबाट दुवै जना एकशैलीमा मारिएका छन् ।

महालक्ष्मीको पुख्र्यौली थलो नेपालको डडेलधुरा आलिताल गाउँपालिका–४ लामजिल्ले भएको खुलेको छ । यसकारण पनि यो घटना अहिले नेपालीहरु माझ चासोका विषय बनेको छ । आलिताल ४ का वडाध्यक्ष कमलसिंह बोहोराका अनुसार महालक्ष्मीका बुबा चरणसिंह कामीले २ वर्षअघि नेपालमै नागरिकता बनाएर अहिले सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । तर महालक्ष्मी भने भारतमै जन्मिएर उतै हुर्किएकी थिइन् । उनले नेपाल टेकेको वडाध्यक्ष बोहोरालाई स्मरण् छैन ।

‘हाम्रै वडाबासीको छोरी चाहीँ रहेछिन् ।’, वडाध्यक्ष बोहोराले भने, ‘उतै जन्मिएर, उतै हुर्किएर, विवाहसमेत गरि डिभोर्स भएको रहेछ । तर यहाँ आएको स्मरण् मलाई छैन।’

२९ वर्षीया महालक्ष्मीले भारतमै हेमन्त दाससँग विवाह गरेकी थिइन् । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी महालक्ष्मी करिब ९ महिनादेखि भाडाको घरमा एक्लै बस्थिन् । एक छोरीसमेत रहेकी महालक्ष्मीलाई कुनै एक पुरुषले छोड्न आउने गरेको आफन्तले बताएका छन् ।

यो विवाहेत्तर सम्बन्धपछिको दरारपूर्ण घटनाले महालक्ष्मीको क्रुरतापूर्वक हत्या भएको खुलेको छ । महालक्ष्मीको हत्या गरेर फ्रिजमा शव लुकाएका मुक्तिले समेत झुण्डिएर आफ्नै हत्या गरेका छन् । प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको बेला सेप्टेम्बर २५ मा मुक्तिको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको थियो । मुक्तिले सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन् । घटनापछि मृतक मुक्तिको आमाले आफ्नो छोरालाई महालक्ष्मीले फसाएको प्रतिक्रिया दिएकी छिन् । भारतीय पत्रिका अमर उजालाका अनुसार महालक्ष्मीले आफ्नो छोरालाई माया जालमा पारेर पैसा माग्ने गरेको दाबी गरेकी छन् ।

यस्तो छ घटनाको नालीबेली

१ सेप्टेम्बर २०२४ : महालक्ष्मी र मुक्ति रञ्जन दुवै जना काममा आएका थिए । तर त्यसको अघिल्लो दिन दुवै जनाले छुट्टी लिए ।

२ सेप्टेम्बर : एकाएक महालक्ष्मीको मोवाईल अफ हुन्छ । त्यसपछि उनको कसैसँग सम्पर्क हुन पाउँदैन ।

३ सेप्टेम्बर : अभियुक्त मुक्तिले महालक्ष्मीकै घरमा हत्या गरेर ५९ टुक्रा पारी शव फ्रिजमा हाल्छन् ।

२१ सेप्टेम्बर : घर मालिकले आमालाई फोन गरेर भन्छन्– घरमा दुर्गन्ध आईरहेको छ । त्यसपछि फ्रिज खोलेर हेर्दा शव फेला पर्छ ।

२५ सेम्टेम्बर : आरोपी मुक्ति बेंगलोरबाट भागेर आफ्नो गाउँ ओडिसा पुग्छन् । त्यसपछि त्यही आत्महत्या ज्यान लिन्छन् ।

२६ सेम्टेम्बर : ओडिसा प्रहरीले भन्छ, मुक्ति रञ्जनको साथमा मृत्यु अघिको नोट फेला परेको छ । उनले आफुले हत्या गरेको स्विकार गरेका छन् ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु