गृहपृष्ठ डेढ करोडको लागतमा चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण
डेढ करोडको लागतमा चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण
मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।
सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा उक्त भवन निर्माण गरेको हो ।
हाल कच्ची भवनको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकी चाँडै सुविधासम्पन्न भवनमा सारिने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताए।
प्रकाशित समय : १०:५२ बजे