गृहपृष्ठ भारी वर्षापछि बाढीको वितन्डा देशभरको सडक सञ्जाल टुट्यो, करोडौंको क्षती

भारी वर्षापछि बाढीको वितन्डा देशभरको सडक सञ्जाल टुट्यो, करोडौंको क्षती

भारी वर्षापछि बाढीको वितन्डा देशभरको सडक सञ्जाल टुट्यो, करोडौंको क्षती

लगातार दुई दिनदेखि परिरहेको वर्षाका कारण देशभर बाढी र पहिरोले वितन्डा मच्चाएको छ । बिहीबार रातीदेखि सुरु भएको वर्षाका कारणले देशभर करोडौंको धनजन र धनमालमा क्षती पुर्याएको हो ।

निरन्तर परेको पानीका कारण देशभरको सडकमार्गमा क्षती पुगेको छ । काठमाडौं जोड्ने सबैजसो नाकाको सडकमार्गमा पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड भासिएको छ भने पृथ्वी राजमार्गमा समेत ठूलो क्षती भएको सरकारले जनाएको छ ।

चीन जोड्ने तातोपानी सडक खण्डको पुल नै बगाउँदा चीनसँगको सम्बन्ध नै विच्छेद भएको छ भने सिन्धुली र रामेछाप जोड्ने पक्की पुल समेत बगाएको बताइएको छ । यस्तै अविरल वर्षाका कारणले देशभरका सडक राजमार्गमा दुई दर्जनभन्दा बढी स्थानमा क्षती पुगेर सकड अवरुद्ध बनेको बताइएको छ ।

यसबोहक काठमाडौं उपत्यकामा मात्रै बाढीमा परेर २० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यस्तै काभ्रे, कोसी प्रदेश लगायतका स्थानमा समेत बाढी र पहिरोका कारण मानिसहरुको ज्यान गुमाएको बताइएको छ ।

३१ वर्षयता पहिलोपटक वर्षाका कारण कुलेखानी जलाशय भरिएको छ । जलाशय भरिएपछि विद्युत प्राधिकरणले ३१ वर्षपछि जलाशयको ढोका खोल्दा मकवानपुर सिस्नेरीमा आएको बाढी र पहिरोका कारणले फुटबल मैदान नै बगेको छ । जसकारण ६ जना खेलाडी बेपत्ता भएका छन ।

यी सबै घटनापछि राज्यको करोडौं सम्पत्ती नोक्सान भएको छ । सबैभन्दा ठूलो क्षती सडकमार्गमा पुर्याएको छ ।

 

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु