गृहपृष्ठ प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रचण्डले बोलाए सर्वदलीय बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्प कलम दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको थियो ।

त्यस्तै बाढी पहिरो पीडितहरुको उद्धार तथा राहतको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि आइतबार दिउँसो १ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका छन् ।

 

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु