गृहपृष्ठ विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ काठमाडौँ, ६ असोज : सञ्चारमन्त्री गुरुङ-मन्तव्य सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् ।

देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिए । “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उनले भने ।

सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको जनाउँदै उहाँले त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमी एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आजै आकस्मिक समन्वयात्मक बसी प्रभावितलाई राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु