गृहपृष्ठ युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न

युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न

युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न

 अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात गरेको आरोप लगाउँदै शुक्रबार युक्रेनमा शान्ति स्थापना गर्ने चीनको मनसायप्रति प्रश्न उठाएका छन् ।

ब्लिन्केनले संयुक्त राष्ट्र महासभाको क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा चीनको कूटनीतिक प्रगतिलाई श्रेय दिँदै ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले रुसलाई युद्धका लागि आवश्यक सामग्री निर्यात गर्ने चीनको व्यवहारप्रति चिन्तनशील रहने र वासिब्टनले थप प्रतिबन्धहरू लगाउन सक्ने चेतावनी दिएका छन् ।

चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धनीतिलाई समर्थन गरिरहेको आरोप लगाएका छन् ।

‘बेइजिङले एकतर्फ आफूले शान्ति चाहने बताइरहेको छ, तर अर्कातिर द्वन्द्वको अन्त्य हेर्न चाहन्छ । यसले आफ्ना कम्पनीलाई कार्यहरू गर्न अनुमति दिइरहेको छ जसले वास्तवमा पुटिनलाई आक्रमण जारी राख्न मद्दत गरिरहेको छ, त्यो हुनु हुँदैन’, ब्लिन्केनले पत्रकार सम्मेलनमा भने ।

‘हाम्रो उद्देश्य रूसलाई चीनबाट अलग गर्नु होइन । उनीहरूको सम्बन्ध उनीहरूको व्यवसाय हो तर चीनले रुसलाई युद्ध जारी राख्न आवश्यक पर्ने कुरा प्रदान गरिरहेको छ, यो हामी र अन्य धेरै देशका लागि समस्याको कुरा हो’,ब्लिन्केनले बताए।

शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनले रुसलाई सैन्य उत्पादनका लागि आवश्यक ७० प्रतिशत मेसिन उपकरण र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स प्रदान गरेको छ जसमा रकेट र युद्ध सवारी साधनहरू समावेश छन् ।

बैठकका क्रममा वाबले युक्रेन द्वन्द्वमा चीनले सधैँ शान्ति र संवादको वकालत गर्ने र राजनीतिक समाधानका लागि काम गर्ने बताउनुभएको बेइजिङको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराएको छैन र सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई अरबौँ डलरको हतियार पठाएको संयुक्त राज्य अमेरिकाको विपरीत रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु