गृहपृष्ठ सिन्धुलीको आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसर ३३ जनाको उद्धारको आग्रह
सिन्धुलीको आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसर ३३ जनाको उद्धारको आग्रह
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् ।
सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए । अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।
उनीहरूले उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गरेका छन् ।
प्रकाशित समय : १०:५७ बजे