global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विश्व पर्यटन दिवसमा विभिन्न संस्था र व्यक्ति सम्मानित

विश्व पर्यटन दिवसमा विभिन्न संस्था र व्यक्ति सम्मानित

पैँतालिसौँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनका  विभिन्न विधामा योगदान गर्नेलाई कदरपत्रद्वारा सम्मान गरेको हो ।

विभिन्न विधागत क्षेत्रअनुसार नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०,  हिमालय इन्काउन्टर प्रालि, सीता वर्ल्ड ट्राभल प्रालि, एभरेस्ट हस्पिटालिटी एण्ड होटल, हिमालन स्काइ ड्राइभ प्रालि, अमेरिकी राजदूतावास र सिन्तामणी रिसोर्ट मुस्ताङलाई सम्मान गरिएको थियो ।

यस्तै श्यामबहादुर पाण्डे र अम्बिका श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ । सम्मानित हुने अन्य व्यक्ति तथा संस्थामा होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ  एजेन्सिज ९नारा०का अध्यक्ष शिव अधिकारी, कीर्तिमानी आरोहीहरु नीमा रिञ्जी शेर्पा, फुञ्जो झान्बो लामा, पूर्णिमा श्रेष्ठ, रेस्क्यु छिरिङ पाण्डे भोटे, आङ्टासी शेर्पा, क्याप्टेन विवेक खड्का, रविन्द्रमानसिंह प्रधान, सि छुई, सरोज भाटिया, फुर्पा शेर्पा, नीमबहादुर मगर, मीनबहादुर भाम, बुद्ध एअर, प्रिप्रहर सामुदायिक होमस्टे ग्राम नवलपरासी छन् ।  त्यसैगरी पत्रकार फूर्पा शेर्पालाई पनि सम्मान गरिएको छ ।

यसैगरी टानले सबैभन्दा बढी टिम्स कार्ड बेच्ने पाँच वटा कम्पनीलाई पनि सो अवसरमा सम्मान गरेको छ । सम्मानित हुने कम्पनीमा रोयल माउण्टेन प्रालि, राइका टुर्स एण्ड ट्रेक, इन्टरनेशनल ट्रेकर्स, थ्री सिस्टर्स एड्भेञ्चर र डिभाइन इन्टरनेशनल छन् ।

यसैगरी गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले तीन वटा होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको छ ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु