गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिकोत्सव सम्पर्ण
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिकोत्सव सम्पर्ण
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिकोत्सव आज मनायो । यस अवसरमा दुईवटा आकर्षक बीमा योजना नलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन सार्वजनिक गरेको छ ।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशत सम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख ९पचास लाख० रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने छ ।
‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज र यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफले शुरु गरे छ । उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने यसले आपतकालिन उपचार गर्दा आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरु रहेका छन् ।
यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौं लगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारे । यस अवसरमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको छ ।
सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित समय : २०:५५ बजे