गृहपृष्ठ भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको भेटीमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।

प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमूना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउदै विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेको बताएका छन् ।

उनले भने, ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।

यस विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं । तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’

पवन कल्याणले अगाडी लेखेका छन्, ‘अब समय आएको छ कि भारतभरका मन्दिरहरूसँग सम्बन्धित सबै मुद्दालाई विचार गर्न राष्ट्रिय स्तरमा सनातन धर्म रक्षा बोर्ड गठन गर्नुपर्छ । यस विषयमा राष्ट्रिय स्तरमा सबै नीति निर्माता, धर्म प्रमुख, न्यायपालिका, नागरिक, सञ्चारमाध्यम र आ–आफ्नो क्षेत्रका सबैले बहस गर्नुपर्छ ।

 

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु