global ime bank Long Banner Ad

गृहपृष्ठ सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमवार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभाको यो चौथो अधिवेशन हो भने राष्ट्रिय सभाको सोह्रौं अधिवेशन हो । दुवै सदनका चालु अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

 

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु