गृहपृष्ठ लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बोर्डकाे सीइओमा नियुक्ति गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत साउन १७ गते सीईओका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका मध्ये सुशील ज्ञवाली, घुराज काफ्ले, भीष्मराज ढुंगाना, रामदेव यादव र विष्णुप्रसाद भट्टराईको नाम सर्ट लिस्टको सूची परेको थियो ।

सर्ट लिस्टमा परेका मध्ये ३ जनको नाममध्ये ज्ञवालीलाई सीइओ बनाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

प्रकाशित समय : ०६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु