गृहपृष्ठ नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल
नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल
नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा आज छलफल गरेको छ । दुई देशका संसदीय समितिबीच पहिलोपटक छलफल भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे ।
छलफलमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले व्यक्त गरेका छन् ।
प्रकाशित समय : २०:०३ बजे