गृहपृष्ठ बैंकहरुको खुद निष्क्रिय कर्जा, कुन बैंकको कति ?
बैंकहरुको खुद निष्क्रिय कर्जा, कुन बैंकको कति ?
गत आव २० वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइजको खुद निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै १.९६ प्रतिशत छ । कुल निष्क्रिय कर्जा ४.७२ प्रतिशत छ । त्यस्तै कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा ०.४८ प्रतिशत मात्रै छ । यसबाट बैंकले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गरेको देखिन्छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा बैंकको खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ । यस्तै हिमालयन बैंकको कुल निष्क्रिय कर्जा ४.९१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा १.०४ प्रतिशत छ ।
२० मध्ये ८ बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत वा त्यसभन्दा माथि छ । गत चैतमा १० बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत माथि थियो भने लक्ष्मी सनराइजको ५ प्रतिशत नाघेको थियो ।
बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गर्दा खुद निष्क्रिय कर्जा भने कुनै पनि बैंकको २ प्रतिशत माथि छैन । सात वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा एक प्रतिशतभन्दा कम छ । २०८१ असार मसान्तमा नेपाल एसबीआई बैंकको खुद निष्क्रिय कर्जा सबैभन्दा कम ०.२ प्रतिशत मात्रै छ । कुल निष्क्रिय कर्जा २ प्रतिशत रहेकोमा एसबीआईले गरेको प्रोभिजनपछिको खुद निष्क्रिय कर्जा ०.२ प्रतिशत मात्रै छ ।
यस्तै कुल निष्क्रिय कर्जा ०.७१ प्रतिशत रहेको एभरेस्ट बैंकको खुद निष्क्रिय कर्जा ०.२६ प्रतिशत छ । ४.९५ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको कुमारीको खुद निष्क्रिय कर्जा भने ०.४८ प्रतिशत मात्रै छ ।
त्यस्तै १.७३ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सानिमा बैंकको खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशत, ३.२८ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको नेपाल बैंककोे खुद निष्क्रिय कर्जा ०.५९ प्रतिशत छ । २.२२ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सिद्धार्थ बैंकको खुद निष्क्रिय कर्जा ०.७७ प्रतिशत छ ।
त्यसैगरी २.१४ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको स्ट्यान्डर्ड चार्टर्डको खुद निष्क्रिय कर्जा ०.९४ प्रतिशत, ४.९१ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको हिमालयनको खुद निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत छ ।
यस्तै प्रभु बैंकको कुल निष्क्रिय कर्जा ४.७८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.०७ प्रतिशत छ । नबिलको कुल निष्क्रिय कर्जा ३.८५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.१२ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत छ, तर खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ३.६५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.२५ प्रतिशत, एनएमबी बैंकको कुल निष्क्रिय कर्जा ३.२७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३३ प्रतिशत छ ।
त्यस्तै कृषि विकास बैंकको कुल निष्क्रिय कर्जा ३.४४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत र प्राइम कमर्सियलको कुल निष्क्रिय कर्जा ४.६७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.४५ प्रतिशत छ ।
माछापुच्छ्रेको कुल निष्क्रिय कर्जा ४.६३ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५५ प्रतिशत तथा ग्लोबल आईएमईको कुल निष्क्रिय कर्जा ४.३७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५७ प्रतिशत छ ।
त्यसैगरी सिटिजन्सको कुल निष्क्रिय कर्जा ४.०७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५८ प्रतिशत, एनआईसी एसियाको कुल निष्क्रिय कर्जा ३.४१ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७९ प्रतिशत छ । लक्ष्मी सनराइजको कुल निष्क्रिय कर्जा ४.७२ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.९६ प्रतिशत छ ।
प्रकाशित समय : १९:०८ बजे