global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ श्रमदानद्वारा सडक मर्मत गर्दै सिक्रेटारबासी

श्रमदानद्वारा सडक मर्मत गर्दै सिक्रेटारबासी

श्रमदानद्वारा सडक मर्मत गर्दै सिक्रेटारबासी

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् ।

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँले भेला भएर यहाँका विकास निर्माणका क्षेत्रमा काम गरिहेका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासीको सक्रियतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा बिछ्याउने, सडकको नाली कटाउनेलगायत काम गरिएको वडासचिव अशोक अधिकारीले जानकारी दिए ।

वडा कार्यालयको अनुरोध तथा स्थानीयवासीको सक्रियतामा सिक्रेटार बजारबाट लुङछुङसम्मको बाटो मर्मत गरिएको अरुण गाउँपालिका–७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाले बताए । श्रमदानमार्फत विभिन्न सडक मर्मतसँगै सरसफाइको काम भइरहेको उनी बताउँछन् ।

“हामीले श्रमदानमार्फत सडक मर्मतसँगै विभिन्न काम गर्दै आएका छौँ”, वडाध्यक्ष थापाले भने, “सडक बिग्रिएर आवतजावतमा समस्यापछि वडाको अगुवाइमा श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ । सबै काम वडाको सीमित बजेटले गर्न सम्भव नभएपछि हामीले श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ ।”

श्रमदान अभियानलाई निरन्तर रूपमा अघि बढाउने हाम्रो योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ । श्रमदानमार्फत जरायोटार प्रहरी चौकीबाट पाडेखोलासम्मको सडक मर्मत गरिएको छ । त्यस्तै सिक्रेटार बजारसहित वडा तथा स्वास्थ्य कार्यालय आसपास क्षेत्रको सरसरफाइ गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु